चितवन विशेष

विपन्न परिवारलाई शितलहरबाट बचाउन चितवन प्रहरीले बाड्यो मुढा (दाउरा)

Banner

चितवन, पुस ४–

पछिल्लो समय चितवनमा जाडो बढ्दै गएको छ । जाडो बढेसंगै चलेको शितलहरले विपन्न परिवारलाई समस्या उत्पन्न हुन थालेको छ । यहि समस्यालाई मध्यनजर गर्दै चितवन प्रहरीले प्रहरी साझेदारी कार्यक्रम अन्तगरगत रहेर शितलहर प्रभावितहरुलाई मुढा (दाउरा) वितरण गरेको छ ।

आज (शुक्रबार) एक कार्यक्रमकाबीच जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लको अगुवाइमा भरतपुर महानगरपालिकाको वडा नं.२४, २७ र २८ का विपन्न परिवारलाई दाउरा वितरण गरिएको हो । दाउराबाट १ सय घर धुरीका ५ सय जना विपन्न समुदायलाई लाभ मिलेको छ । प्रहरी उपरीक्षक मल्ल आफै उपस्थित भई वडा २७ मा रहेको प्रत्युस माझी सहितका ५ घरबाट सुरु गरी १ सय घरलाई मुढा वितरण गरिएको थियो ।

पहिलो चरण भरतपुर महानगरसगँको सहकार्यमा सुरु गरिएको यस अभियान अन्तरगत दुई ट्रक मुढा वितरण गरिएको हो । प्रहरी उपरीक्षक मल्लले सबै स्थानीय तहसंगको सहकार्यमा यो अभियान अघि बढाइने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>