चितवन विशेष
चितवनका पाँच जना अण्डा उत्पादक किसान धरौटीमा रिहा
०

भरतपुर,पुस ३-
अभद्र व्यवहार सम्बन्धी किटानी जाहेरीका आधारमा पक्राउ परेका पाँच जना किसान रिहा भएका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुलाई जनही पाँच/पाँच हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । अण्डा उत्पादक किसान र अण्डा, दाना, कुखुरा वितरक संघबीच भएको विवादपछि संघले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको आदेश अनुसार उनीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । पक्राउ परेका भरतपुर महानगरपालिका ६ का प्रकाश अधिकारी, वडा २३ का आनन्द मास्के, कालिका नगरपालिका ६ का रामहरि केसी, सोही वडाका दिपेश्वर केसी र भरतपुर १४ का राजेन्द्र साँखी रिहा भएको कोइरालाले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>