क्रिकेट

पीपीएल : चितवनको लगातार दोस्रो जित

Banner

पोखरा पुस ३-

पोखरा प्रिमियर लिग (पीपीएलमा) क्रिकेटमा चितवनका कप्तान पारस खड्काको अर्धशतकको सहयोगमा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा चितवनले बुटवल ब्लास्टर्सलाई ११९ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

पोखरा रंगशालमा चितवनले दिएको २०४ रनको कीर्तिमानी लक्ष्य पछएको बुटवलले निर्धारित १८ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८४ रन बनायो । चितवनले बनाएको २०४ रन पीपीएलको हाल सम्मको सर्वाधिक योगफल हो । हाल सम्म पीपीएलमा कुनै पनि टोलीले २०४ रनको योगफल बनाउन सकेका थिएनन् ।

र्कीतिमानी लक्ष्य पछएको बुटबलले पहिलो ओभरको पाँचौ बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो ।

बुटवलका आफताव उदिन अहमेद रन नबनाएरै आउट भए । उनी करण केसीको बलमा पारस खड्काले क्याच आउट गराएका हुन् । बुटवले दोस्रो ओभरको पाँचौ ओभरमा आफ्नो दोस्रो विकेट गुमायो । बुटवलका हरिस टोङलाई सन्नी पटेलले एलबीडब्लु आउट गराएका हुन् ।

शंकर राना ५ रन बनाउँदै बुटवलको तेस्रो विकेटको रुपमा आउट भए । उनलाई चितवनका करण केसीले क्याच आउट गराएका हुन् । ११ ओभरको तेस्रो बलमा भिम सार्की २१ रन बनाउँदै आउट भए । उनी बिक्रम सोभको बलमा क्याच आउट भए । बुटवलका सिभम सिंह ३३ रन बनाएर आउट भए ।

उनी १२ ओभरको अन्तिम बलमा बिक्रम भुसालको बलमा क्याच आउट भएका हुन् ।

भुवन कार्कीले चितवनका लागि छैटौं किवेट लिए । बुटवलका कप्तान सोमपाल कामीलाई भुवनले ३ रनमा क्याच आउट गराएका हुन् । बुटवलका शेर मल्ल बुटवलको सातौं विकेटको रुपमा आउट भए । उनलाई १७ ओभरको तेस्रो बलमा रोहन मुस्तफाले बोल्ड आउट गराएका हुन् ।

सोही ओभरको पाँचौ बलमा मुस्तफाले अविनाश बोहोरालाई पनि बोल्ड आउट गराएका हुन् । १९ ओभरको तेस्रो बलमा करण केसीले चितवनका लागि तेस्रो किवेट लिए । उनले हरी चौहानलाई क्याच आउट गराएका हुन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । चितवनका लागि कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले । ४० बल खेलेका पारसले ६ चौका र २ छक्काको सहयोगमा ६३ रन बनाएका थिए ।

पारसले ३५ बलमा ५ चौका र १ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका थिए । पारस ११ ओभरको तेस्रो बलमा क्याच आउट भएका थिए । उनलाई अफताफ उदिन अहेमदले क्याच आउट गराए ।

त्यस्तै रोहन मुस्तफाले पनि चितवनका लागि नट आउट रनको अर्धशतकीय पारी खेले । ५६ बल खेलेका उनले ७ चौका र २ छक्काको सहयोगमा ७० रन बनाएका हुन् । मुस्तफाले ४४ बल खेल्दै ६ चौका र १ छक्काको सहयोगमा ५० रन पूरा गरेका थिए ।

चितवनका लागि आरिफ शेखले ४० रनको योगदान गरे । आरिफलाई अन्तिम ओभरमा अविनाश बोहोराले क्याच आउट गराएका थिए । बाबर हायत १ रन बनाउँदै आउट भए । उनलाई अफताफले क्याच आउट गराएका थिए । त्यस्तै सन्नी पटेलले ४ रनको योगदान गरे । जितसँगै चितवन २ खेलबाट चार अंक जोड्दै शीर्ष स्थानमा छ । पराजित बुटवलको दुई अंक छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार बिहान ९ः०० बजे बुटवल बलास्टर्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबारनै हुने दोस्रो खेलमा चितवन राइनोजले धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>