चितवन विशेष

करण केसीलाई ‘शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय सम्मान’

Banner

चितवन, पुस २–

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर करण केसी ‘स्वर्गीय शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय सम्मान’बाट सम्मानित भएका छन् । शिव प्रसाद पौडेल स्मृति प्रतिष्ठान, भरतपुर चितवनले क्रिकेटर केसीलाई नगद २० हजार ९०२ रुपैयाँसहित सम्मान पत्रले सम्मानित गरेको हो ।

आज पोखरामा भएको एक कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सदस्य ऋषि गौतम र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले संयुक्त रुपमा केसीलाई सम्मान पत्र र चेक प्रदान गरेका थिए ।

यस्तै प्रतिष्ठानका प्रतिनिधि अनिल अधिकारीले प्रदेश ४ का प्रादेशिक क्रिकेट संघ, कास्की जिल्ला क्रिकेट संघ, प्रहरी प्रमुखलाई मायाको चिनो प्रदान गरेका थिए । नेपाली क्रिकेट टोलीलाई एकदिवसीय मान्यता प्राप्त गराउन महत्वपूर्ण योगदान पु¥याएकोले केसीलाई सम्मान गरिएको अधिकारीले बताए ।

खेलप्रति रुची राख्ने तत्कालित तरुण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेलको भरतपुर कारागार भित्रै हत्या भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>