चितवन विशेष

भरतपुरको हाकिमचोकमा मिस्टर बुचर फ्रेस हाउस सञ्चालन

Banner

चितवन, पुस २-

भरतपुर महानगरको हाकिम चोकमा रहेको हाइजेनिक फ्रेस हाउस मिस्टर बुचर आजदेखि सञ्चालनमा आएको छ ।

नेपाली युवाहरुले नेपालमा बसेर पनि केही गर्न सक्छ्न् भन्ने उद्देश्यका साथ सो फ्रेस हाउस सञ्चालन गरेको मिस्टर बुचरका कार्यकारी निर्देशक नविन गुरागाइँले बताए । करिब नौं लाखको लगानीमा सञ्चालन गरेको फ्रेस हाउसमा दुई महिना भित्र ग्राहकलाई सहज र सुलभ सेवा दिने हेतुले अनलाइन सेवासमेत प्रदान गरिने उनले बताए ।

अरु फ्रेस हाउसको तुलनामा गुणस्तरिय सेवा प्रदान गरि ग्राहकलाई सन्तुष्टि दिलाउने गुरागाइको बिस्वास रहेको छ । साथै पश्मिबाट लोकल खसीको मासु, कुखुराको मासु पाइने भएकाले ग्राहकहरुले बेग्लै अनुभूति गर्ने फ्रेस हाउसका मार्केटिङ म्यानेजर विशाल अर्यालले बताए । हामीहरुको यस कदमले धेरै युवालाई केही नयाँ गरम भन्ने उत्प्रेरणा जाग्ने अर्यालको दाबी रहेको छ । आफूहरुको समयको गतिविधि र कामले सफलता प्राप्त गर्नेमा आफू विस्वस्थ रहेको र आगामी दिनमा अझ जोश र जागरका साथ जुझारु युवालाई साथमा लिएर अगाडि बढ्ने मिस्टर बुचरका संस्थापक अध्यक्ष सौगात तिवारीले बताए । आजदेखि सञ्चालनमा आएको फ्रेस हाउसमा सुरुवाती सातामा मासु खरिद गर्दा विशेष छुट र अफरको व्यवस्थासमेत गरिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>