समाज
देशभर चिसो बढ्यो, काठमाण्डौको न्यूनतम तापक्रम ३.७ डिग्री
०

चितवन,पुस २ –
देशभर चिसो ह्वात्तै बढेको छ । वर्षा र हिमपात रोकिएपछि चिसो झन् बढेको हो । काठमाण्डौ उपत्यका र तराईसहित देशका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । तराईमा मंगलबार बिहानदेखि लागेको हुस्सु नहट्दा र देशका अरु ठाउँमा पनि बिहानपख बाक्लो हुस्सु लागेर चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस पुगेको छ । यस वर्ष न्यूनतम तापक्रम ५ डिग्रीसम्म मापन भएको काठमाडौंमा बुधबार बिहान ३.७ मापन भएको हो ।
तराईमा हुस्सुसँगै चिसो हावा चलेपछि धेरैजना घरबाट बाहिर निस्कन सकेका छैनन् । बजारमा पनि चहलपहल कम हुँदै गएको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालिका र मजदुर धेरै समस्यामा परेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>