कालिका
चितवनमा मोटरसाइकललाई ठक्करदिँदा गाडीमा सवारको मृत्यु
०

चितवन, पुस १–
चितवनमा आज (मंगलबार) साझ सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
इच्छाकामना गाउँपालिका–७ भालुुटारस्थित भित्री सडकमा रोकी राखेको मोटरसाइकलाई ठक्करदिँदा गाडीमा सवार एक जनाको मृत्यु भएको हो । साझ ७ः१५ बजेको समयमा रोकी राखेको बा ५५ प ७४१४ नम्बरको मोटरसाइकललाई भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नम्बरको तरकारी बोक्ने गाडीले ठक्कार दिँदा अनियन्त्रित भइ गाडी नै नालीमा पल्टिएको थियो ।
गाडीमा सवार रत्ननगर नगरपालिका–१० बैरिया बस्ने ३५ वर्षीय सुरज पौडेल गम्भिर घाइते भएका थिए । उनको उपचारको क्रममा राती ८ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>