चितवन विशेष

बिचौलिया विरुद्ध चितवनका किसान विरोधमा,सडकमै फाले अण्डा

Banner

चितवन,पुस १-

चितवनका अण्डा उत्पादक किसानले सडकमै अण्डा फालेर विरोध गरेका छन् । आज (मंगलबार) भरतपुरको चौविसकोठीमा उनिहरुले अण्डा फालेर विरोध गरेका हुन् । नेपाल अण्डा उत्पादक संघ केन्द्रीय कार्यसमितिको आयोजनामा १५ पेटी अण्डा फालेको अण्डा उत्पादक संघका केन्द्रिय कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए । उनले बिचौलीया आफैले अण्डाको मूल्य निर्धारण गरेर अण्डाको मूल्य घटाएको र पाँच जना किसानलाई प्रहरीले पक्राउ गरेको विरोधमा सडकमै अण्डा नष्ट गरेको जानकारी दिए ।

उनिहरुले जिल्ला प्रहरी कार्यालय परिसरबाट चोविसकोठीसम्म नाराबाजी गर्दै ¥याली समेत निकालेका थिए । उनिहरुले किसान मारा विचौलिया मुर्दाबाद, अण्डा उत्पादक किसान माथिको हस्तक्षेप बन्द गर, देशभरिबाट गिरफ्तार किसानहरु तुरुन्त रिहा गर लगाएतका नारा लगाएका थिए । चितवनमा करिब ४ सय जना अण्डा उत्पादक किसान छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>