चितवन विशेष

भरतपुर महानगरपालिका–६ मा साढे १७ करोडका योजना, पूर्वाधारलाई प्राथमिकता

Banner

चितवन, पुस १-

भरतपुर महानगरपालिकाको वडा नम्बर ६ले पूर्वाधारलाई प्राथमिकतामा राखेर विकास निर्माणका कामलाई अगाडि बढाएको छ । चालु आर्थिक वर्षका लागि संघ, प्रदेश र स्थानीय तहले विनियोजित गरेको १७ करोड ६० लाख रुपैयाँ पूर्वाधार विकासमा खर्चिएको हो ।

भरतपुर महानगरपालिका–६ ले सडक, खानेपानी, मन्दिर निर्माणमा बढी खर्च गरेको छ । वडा अध्यक्ष हरि विलास कोइरालाका अनुसार लक्ष्मीनारायण मन्दिर निर्माणका लागि संघबाट १० करोड ९० लाख रुपैयाँ बिनियोजन भएको छ । इन्द्रपुरीमा पार्कसहितको मन्दिर निर्माणको काम भएको छ । संघबाट खानेपानीका लागि यस वडामा दुई लाख रुपैयाँ विनियोजन भएको उनले जानकारी दिए । प्रदेश सरकारबाट यस वडामा विभिन्न सडक निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन भएको छ । यस वर्ष जनकल्याण मार्गको लागि ५० लाख, ब्रह्म्म देव चोकबाट सिमलतालको रुख हुँदै जंगल सिमानासम्मको सडकका लागि एक करोड, केपा चोकबाट दक्षिण अमरसिंह मार्गको ५० लाख, दुर्गा मन्दिरबाट लक्षिण १३ नम्बर चोकसम्म एक करोड रुपैयाँ बजेट सरकारबाट विनियोजन भएको छ । कृष्ण पौडेलको घरबाट दक्षिण चोक बजारदेखि महेन्द्रचोकसम्मको सडक निर्माणका लागि ९० लाख रुपैयाँ बजेट परेको छ ।

वडाले नगरस्तरीय बजेटबाट पनि सडक पूर्वाधारमा बढी खर्च गर्न लागेको छ । एक करोड १५ लाख रुपैयाँ मध्ये ८० लाख रुपैयाँ सडक पूर्वाधारका लागि मात्र खर्च गर्ने तयारी गरेको छ । जनकल्याण मार्ग निर्माणका लागि ५० लाख, अन्य वडाका विभिन्न सडक मर्मतका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको अध्यक्ष कोइरालाले जानकारी दिए । यस्तै, वडाको आन्तरिक बजेटबाट कार्यालयले शिक्षामा २५ लाख, कृषि र पशुपालनमा १० लाख, पर्यटन पुर्वाधारमा दुई लाख, स्वास्थ्यमा डेढलाख रुपैयाँ बिनियोजन गरेको छ ।

वडा कार्यालयले सहित स्मृति माविलाई १० लाख, २५ हजार, अरुणोदय कलेजलाई पाँच लाख, अरुणोदय माविलाई तीन लाख, श्रमाविलाई तीन लाख, देवज्योति निम्न माध्यमिक विद्यालयलाई एक लाख ५० हजार, सामुदायिक सिकाइ केन्द्र ५० हजार रुपैयाँ आन्तरिक स्रोतबाट बजेट छुट्टाएको छ । यस्तै सिपमूलक तालिम, उद्घोषण तालिम, लक्षित वर्ग, महिला, ज्येष्ठ र अपाङ्ग, महिलाको लागि बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>