नवलपुर

गैडाकोट नगरभित्र हुने विकृती शैह्य हुँदैनः नगरप्रमुख पौडेल

Banner

गैडाकोट,मंसिर ३०-

गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले नगरपालिका भित्र हुने कुनैपनि विकृती विसंगती आफूहरुलाई शैह्य नहुने बताएका छन् । सोमबार नेपाल स्वास्थ्य व्यवसायी संघ गैडाकोट नगर इकाईको दास्रो साधारण सभालाई सम्बोधन गर्दै नगरप्रमुख पौडेलले हरेक क्षेत्र आफ्नो पेशा र व्यवसायमा इमान्दार हुुनपर्ने बताए । उनले भने,‘सबैले ऐन नियम र कानुनको परिधिमा रहेर काम गर्ने हो,त्यसमा नगरपालिका सबैको साथमा छ ।’ मानिसको जिवनसंग जोडिएको औषधि व्यवसायमा खेलवाड गर्न नहुनेमा नगरप्रमुख पौडेलको जोड दिए ।
‘यसअघि गैडाकोट नगरभित्र ठाँउ ठाँउमा सिरिन्जहरु फालिएको फेला परको थियो,उनले भने’,अवका दिनमा त्यस्तो गतिविधि स्वीकार्य हुँदैन् ।’ उनले राम्रो काम गर्नेलाई सधैं नगरपालिकाले सहयोग गर्ने बताए ।

नगरभित्रका औषधि व्यवसायीले अनुगमन नै गर्न नपर्ने अवस्था सृजना गर्नुपर्ने उनको भनाई छ । नगरपालिकाले स्वास्थ्य कार्यविधि निर्माण गर्न लागेको भन्दै उनले सबैको सुझाब समेटेर अन्तिमरुप दिइने प्रतिबद्धता जनाए ।

कार्यक्रममा गैडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्य,नेपाल औषधि व्यवसायी संघ नवलपुरका अध्यक्ष नारायण श्रेष्ठ,नेकपा नगर अध्यक्ष षडानन्द लामिछाने,काँग्रेस नगर सभापति तारापति खरेल लगाएतले बोलेका थिए । संघका कोषाध्यक्ष हरिदत्त सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष इश्वरी प्रसाद घिमिरेले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>