चितवन विशेष

क्रिकेट रंगशाला बनाउन विश्वकर्मा बचतले दियो एक लाख

Banner

चितवन, मंसिर ३०–

विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था लि.भरतपुरले निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेको छ ।

रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आज (सोमबार) सहकारीको ७औं वार्षिक साधारणसभाको समुद्घाटन सत्रमा सहकारीका अध्यक्ष विपेन्द्र रामुदामुले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

सो क्रममा बोल्दै धुर्मुसले यो सहयोग फाउण्डेशनका लागि नभइ चितवनकै विकासका लागि भएको बताए । उनले यसैगरि जिल्लामा सहयोगको बाढी आए रंगशाला तोकिएकै समयमै निर्माण सम्पन्न हुने बताए ।

भरतपुरको रामपुरमा नेपालकै ठूलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ । रंगशाला निर्माणका लागि कुल साँढे २ अर्ब रुपैयाँ लाग्ने फाउण्डेशनले जनाएको छ । रंगशाला निर्माणका लागि पछिल्लो समय चितवनमा सहयोग रकम उठ्ने क्रम जारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>