देश/प्रदेश

शिक्षा र स्वास्थ्यका लागि शान्ति समाजको देशव्यापी अभियान

Banner

काठमाडौँ,  मङ्सिर ३०-
वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्यका लागि मानव अधिकार तथा शान्ति समाजले देशव्यापी अभियान थाल्ने निर्णय गरेको छ । समाजको २२ औँ राष्ट्रिय परिषद् बैठक ९वार्षिक साधारणसभा० ले ११ वटा प्रस्ताव पारित गरेको अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिए ।

बैठकमा सीमा अतिक्रमणको विरोध, जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र हिमालय बचाऔँ आन्दोलनलगायतका प्रस्ताव पारित भएको उनले बताए । कार्यक्रममा शान्ति समाज रुपन्देही शाखालाई गत वर्षको उत्कृष्ट शाखाका रूपमा सम्मान गरिएको थियो । विसं २०७५ मा भव्यताका साथ राष्ट्रिय परिषद् सम्पन्न गर्ने मोरङ शाखालाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

यही मङ्सिर २७ र २८ मा दाङको तुलसीपुरमा परिषद् बैठक सम्पन्न भएको हो । विसं २०७७ को परिषद् बैठक कास्की र २०७८ को बैठक कपिलवस्तुमा आयोजना हुने जनाइएको छ ।

‘मानव अधिकार आन्दोलनको गन्तव्य ः लागुऔषध÷मदिरा दुव्र्यसनको अन्त्य’ भन्ने मूल नाराका साथ आयोजना गरिएको परिषद् बैठकमा देशभरका २७० सहभागीको उपस्थिति थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>