देश/प्रदेश

हिउँदे अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामकरण प्रस्ताव आउने

Banner

हेटौँडा मंसिर २९-

प्रदेश नं ३ का सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयालले प्रदेशसभाको हिउँदे अधिवेशन आगामी पुसको अन्तिम साता बस्ने र उक्त अधिवेशनका लागि आवश्यक कार्यसूचीको पूर्ण तयारी भइरहेको बताएका छन ।

उनले रासससँग संक्षिप्त कुरा गर्दै आगामी हिउँदे अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामकरणको विषय छलफलमा ल्याइने तथा सहमतिका आधारमा टुङ्गो लगाइने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारले चालु आवभित्र ल्याएको बजेटमा प्रदेशका विभिन्न जिल्लामा राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य भइरहेको र अहिले ती जिल्लामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट खटिएका उच्च अधिकृतले प्रत्यक्ष अनुगमन गरिरहेका जानकारी दिए ।

मुख्य सचेतक फुँयालले प्रदेश सरकारले १३ वटै जिल्लाका कृषकलाई दूधको उत्पादन, तरकारी र मौसमी फलफूल खेतीका लागि उच्च प्राथमिकता दिई बजेट विनियोजन गरिएको बताए ।

प्रदेश नं ३ का सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयालले प्रदेशसभाको हिउँदे अधिवेशन आगामी पुसको अन्तिम साता बस्ने र उक्त अधिवेशनका लागि आवश्यक कार्यसूचीको पूर्ण तयारी भइरहेको बताएका छन ।

उनले रासससँग संक्षिप्त कुरा गर्दै आगामी हिउँदे अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामकरणको विषय छलफलमा ल्याइने तथा सहमतिका आधारमा टुङ्गो लगाइने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारले चालु आवभित्र ल्याएको बजेटमा प्रदेशका विभिन्न जिल्लामा राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य भइरहेको र अहिले ती जिल्लामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट खटिएका उच्च अधिकृतले प्रत्यक्ष अनुगमन गरिरहेका जानकारी दिए।

मुख्य सचेतक फुँयालले प्रदेश सरकारले १३ वटै जिल्लाका कृषकलाई दूधको उत्पादन, तरकारी र मौसमी फलफूल खेतीका लागि उच्च प्राथमिकता दिई बजेट विनियोजन गरिएको बताए। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>