चितवन विशेष
मेघौली मध्यवर्ती उपाभोक्ता समितिमा पुनः मायारामको नेतृत्व
०

चितवन, मसिर २९-
भरतपुर महानगरपालिका–२७ मा रहेको मेघौली मध्यवर्ती उपाभोक्ता समितिको अध्यक्षमा पुन मायाराम चौधरी निवार्चित भएका छन् ।
उपभोक्ता समितिपरिसर मेघौलीमा शनिबार भएको अधिवेशनमा उपभोक्ता समितीका पूर्वअध्यक्ष चौधरी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा लोकनाथ सापकोटा, सचिवमा पवन कुमार चापागाई, कोषाध्यक्षमा रामचन्द्र भट्टराई, सदस्यहरुमा शिवकुमार चौधरी , केशव भट्टराई , यज्ञ चापागाई, रामकुमार महतो र पूर्णबहादुर कुमार चयन भएका छन् । २०५६ सालमा स्थापना भएको समितिमा १३ कार्यसमिति सदस्य रहने नवनिर्वाचित अध्यक्ष चौधरीले बताए । उनका अनुसार बाँकी चार सदस्यहरु समावेशी प्रतिनिधित्व हुने गरी कार्यसमितिले मनोनयन गर्नेछ ।