नवलपुर

नवलपुरको हुप्सेकोटमा भएको जलवायु प्रदर्शनीमा जनता आधारभूत विद्यालय पहिलो

Banner

नवलपुर, मंसिर २९-

विपद् व्यवस्थापन कार्यक्रमअन्तर्गत जलवायु तथा वातावरण संरक्षणसम्बन्धी नवलपुरको हुप्सेकोट–१ जुकेपानीमा भएको अन्तर विद्यालय प्रदर्शनीमा जनता आधारभूत विद्यालय पहिलो भएको छ ।

प्रतियोगितामा सूर्यज्योति मावि दोस्रो , शिक्षा बोधनी मावि तेस्रो र हुप्सेकोट माविले सान्वना स्थान हासिल गरेका थिए । कार्यक्रममा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरणका उपायहरु र विपद् व्यवस्थापनमा विद्यालयको भूमिकालाई जोड दिइएको थियो । सोही अनुसार विद्यार्थीले आफ्नो कला प्रदर्शन समेत गरेका थिए ।

इसाइ समाज नवलपरासी र यूएमए नवलपरासी क्लष्टर बुटवलको साझेदारीमा सो कार्यक्रम भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंङ रानाको अध्यक्षतामा भएको कार्यक्रममा हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देवी पाण्डे प्रमुख अतिथि रहेकी थिइन् ।
कार्यक्रममा वडा अध्यक्ष चित्रबहादुर कानु, शिक्षा शाखाका प्रमुख माधवराज गौतम, स्रोत व्यक्ति लालचन लामिछानेलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा ८ वटा समूहले विषय वस्तुमा आधारित रही आफूले बनाएका सामग्रीहरुको स्टल राखी प्रदर्शन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>