देश/प्रदेश
उत्तरी धादिङमा हिमपात
०

धादिङ, मंसिर २८-
उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकाअन्तर्गत तिप्लिङ, लापा, सेर्तुङ र खनियाबास गाउँपालिकाअन्तर्गत झर्लाङमा शुक्रबारदेखि हिमपात भएको छ ।
हिमपातका कारण उत्तरी धादिङको लब्दुङ, लिङ्जो, ठूलो गाउँ, नेवेर, लापा खादीङ, था माथिल्लो भागमा पर्ने बस्तीमा भारी हिमपात भएको तिप्लिङका शिक्षक नरबहादुर घलेले बताए । हिमपात सुरु भएपछि शुक्रबार विद्यार्थी भागाभाग गरेर घरतर्फ गएका थिए ।
गाउँ हिउँले ढाकिएपछि जनजीवन कष्टकर भएकाले मानिस घरभित्रै बसिरहेका छन् भने गाईबस्तु चिसोले कठ्याङ्ग्रिएका छन् । हिमपात सुरु भएपछि विद्यालय बन्द भएका छन् । चिसोले गर्दा विद्यालय खोल्न नसक्ने अवस्था आएको छ । उत्तरमा हिमपात भएपछि हिउँ खेल्न जाने आन्तरिक पर्यटक रसुवाको बाटो हुँदै उक्त क्षेत्रर्फ जान थालेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>