वागमती

दोलखाको कालिञ्चोकमा हिमपात, पर्यटक उत्साहित

Banner

चरिकोट, मङ्सिर २७-

दोलखाको धार्मिक तथा पर्याटकीय क्षेत्र कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ । आज बिहानदेखि कालिञ्चोक, कुरी बजार, खरिढुङ्गा, शैलुङडाँडा लगायत उच्च भू–भागमा हिमपात हुँदा जनजीवनसमेत प्रभावित बनेको छ । हल्का वर्षासहित हिमपात हुँदा यहाँका डाँडाहरु सेताम्य देखिन थालेका छन् । यसयामको जाडो मौसम शुरु भएसँगै पहिलोपटक हिउँ परेको हो । हिमपात भएसंगै पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

कालिञ्चोक क्षेत्रमा सहज तरिकाले पुगी हिउँ खेल्न सकिने भएकोले आकर्षणको केन्द्र बनेको हो । तीन हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोकमा हिउँ खेल्ने राजधानी तथा अन्य क्षेत्रबाट पर्यटन आउने गरेको होटल व्यवसायी हरि वली वताउनुहुन्छ । उहाँले भन्नुभयो, “ यहाँ हिउँ खेल्न र हेर्न पर्यटन आउने गर्दछन्, हिमपात हुनु राम्रो हो । ” हल्का वर्षाले किसान पनि औधि खुशी भएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>