समाज
हुम्लामा हिमपातले टिपर चिप्लिएर दुर्घटना, दुईको मृत्यु
०

हुम्ला,मंसिर २७-
हिमपातले सडकबाट टिपर चिप्लिएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम्खा गापा वडा नं १ का २६ वर्षीय सोनाम मेगुर लामा, वडा नं ४ का ३६ वर्षीय याल्वाङका सावेल लामा रहेका छन् । विहीबार सो गाउँपालिकाको मुचुको पातेल्नमा तेल ल्याउँदै गरेको टिपर दुर्घटनामा परेको थियो ।
दुर्घटना अन्य दुई घाइते भएका र उनीको उपस्वास्थ्य चौकी मुचुमा उपचार भइरहेको छ । मौसमका कारण जिल्ला अस्पतालबाट चिकित्सक जान नसक्दा शव परीक्षण तथा घाइतेलाई उपचारका लागि काठमाडौ पठाउन समेत समस्या परेको व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रपाल लामाले जानकारी दिनुभयो ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>