चितवन विशेष

सिग्देल वन्धु प्रतिष्ठान गैँडाकोटमा राजारामको नेतृत्व

Banner

चितवन, मंसिर  २६-

सिग्देल वन्धु प्रतिष्ठान गैँडाकोट इकाइको ९ औँ अधिवेशन तथा १४ साधारण सभाले राजाराम सिग्देलको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति चयन गरेको छ ।

इकाइ अध्यक्ष शषीचन्द्र सिग्देलको अध्यक्षतामा भएको साधारण सभाले समितिको उपाध्यक्षमा विष्णुप्रसाद सिग्देल, सीता सिग्देल, सचिवमा रामप्रकाश सिग्देल, सहसचिवमा माधव सिग्देल कोषाध्यक्षमा शुुभकान्त सिग्देललाई चयन गरेको छ । साधारण सभाको प्रमुख अतिथिमा सिग्देल वन्धु प्रतिष्ठानका केन्द्रीय लेखा समितिका संयोजक तथा वरिष्ठ समाजसेवी नारायणप्रसाद सिग्देल रहेका थिए ।

सो अवसरमा उनले देशदेखि विदेशमा रहेका सिग्देल वन्धुहरुको आस्था र भरोसाको केन्द्र सिग्देल वन्धु प्रतिष्ठान बनेको बताए । प्रतिष्ठानलाई अझ सबल र जनहितकारी काममा अगाडि बढाउनुपर्ने बताउँदै उनले त्यसका लागि सबैले आआफनो ठाउँबाट सहयोग गर्नुपर्ने विचार राखे । सबै सिग्देलहरुको सानो सानो सहयोगले संस्था यो स्थानमा आइपुगेको बताउँदै उनले संस्थामा दान गरी संस्थाको आगामी योजना सफल बनाउन सहयोग गर्न आग्रह गरे ।

प्रतिष्ठानमा एक रुपैयाँ पनि हिनामिना नभएको र अब पनि हुन नपाउने उनको भनाइ थियो । त्यस्तै सोही अवसरमा केन्द्रीय महासचिव गिरिराज उपाध्यायले संस्थामा राजनीति हुन नहुने भन्दै संस्थालाई आगामी दिनमा पनि यसरी नै अगाडि बढाउने प्रतिबद्धता जनाए । कार्यक्रममा दुई जना वृद्धवृद्धा, तीन जना डाक्टर र अन्य दान दातालाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष महेन्द्र सिग्देल, केन्द्रीय सदस्य प्रकाश सिग्देल लगायत अन्य पदाधीकारीको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>