नवलपुर
नवलपुरमा रुखबाट खसेर एकको मृत्यु, एक जना घाइते
०

ज्ञानु पंगेनी
नवलपुर, मंसिर २६-
नवलपुरको मध्यबिन्दु नगरपालिका–७ अम्रसामा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ निवासी ५१ वर्षका गिरीराज खाँड ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । वन खुलेकाले बिहीबार बिहान दाउरा काट्न जंगल गएका खाँडको दाउरा काट्ने क्रममा रुखबाट खसेर घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी हुप्सेकोट गाउँपालिका–३ बेलहानीका ५० वर्षीय इमनाथ पोख्रल पनि रुखबाट खसेर घाइते भएका छन् । बिहीबार दिउँसो एक बजे तिर राङ्सिङ्को रुखमा घाँस काट्ने क्रममा खसेर ढाडमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । उनको भरतपुरमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>