नवलपुर
चितवनका लामा लागूऔषधसहित कावासोतीमा पक्राउ
०

ज्ञानु पंगेनी
नवलपुर, मंसिर २६-
जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत कावासोती नगरपालिकाको ४० किलो जंगलमा चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु २ ख १५७९ नम्बरको बसमा सवार भरतपुर महानगरपालिका–५ कल्याणपुर बस्ने २४ वर्षका विवेक लामाको साथबाट नुफ्रिन १२५ एम्पुल, डाइजोपाम १२५ एम्पुल ,फेनारागन १२५ एम्पुल गरी ३७५एम्पुल लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । पक्राउ परेका लामालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>