चितवन विशेष

बिहेभोज खर्च बचाएर क्रिकेट रंगशालालाई सहयोग

Banner

चितवन,मंसिर २६-

चितवनका एक नवदम्पतीले आफ्नो बिहे खर्च बचाएर चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गरेका छन् । भरतपुर महानगरपालिका १६ सम्झना टोलका तिलक प्रसाद पौडेल र सुस्मिता पौडेल गैरेले बिबाह भोज खर्च बचाएर १ लाख ५५ हजार ५ सय ५५ रुपैंया सहयोग गरेका छन् ।

आज रंगशाला निर्माणस्थलमै पुगेर उनिहरुले सो रकम धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई हस्तान्तरण गरेका हुन् । पछिल्लो समय चितवनमा भड्किलो खर्च कटाएर रंगशाला निर्माणमा सहयोग गर्नेक्रम बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>