चितवन विशेष
चितवनमा बँदेलको आक्रमणबाट तीन घाइते
०

चितवन मंसिर २६-
बँदेलको आक्रमणमा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एकनारायण कोइरालाका अनुसार भरतपुर महानगरपालिका–१३ गङ्गानगरमा आफ्नै खेतमा काम गरिरहेका समयमा बँदेलले आक्रमण गरेको हो ।
बदेलको आक्रमणबाट स्थानीय ७६ वर्षीया केबी राई, ७१ वर्षीया कुमारी तामाङ र ३८ वर्षीय मोते दर्जी रहेका उनले जानकारी दिए । उनीहरुलाई बिहान १०ः०० बजे आफ्नै खेतमा काम गरिरहेको समयमा नजिकै रहेको वनबाट निस्किएर बदेलले आक्रमण गरेको थियो । घाइते तीनै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>