नवलपुर

नवलपुरको बुलिङटारमा निःशुल्क स्वास्थ्य शिविर

Banner

बुलिङटार मंसीर २६,

नवलपुर जिल्लाको पहाडी क्षेत्र, बुलिङटार गाउंँपालिका वडा नम्बर ४, अर्खलामा ग्रामिण भेगका बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
बुलिङटार गाउंँपालिका, गंगा स्वास्थ्य दर्पण फाउण्डेशन नेपाल र स्वास्थ्य दर्पण मिडीया नेटवर्कको संयुक्त आयोजनामा उक्त शिविर सम्पन्न भएको हो ।
शिविरमा हाडजोर्नी तथा नशा , स्पाइनल, छाला,मुटु मृगौला , मधुमेह , फोक्सो , पेट सम्बन्धीको उपचार गरिएको गंगा फाउण्डेशनका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार करीब तीनसय जना बिरामीले सेवा लिएका थिए । उक्त शिविरमा हाडजोर्नीका १ सय २० जना, छालाका ८० जना , बांँकी १ सय जनाले मृगौला , मुटु फोक्सो , पेट रोगको स्वास्थ्य परीक्षण गराएका थिए ।
सो शिविरमा छालाको क्यान्सर , एलर्जी,लुतो, दाद , जोर्नी खिइएका, पक्षघात, फोक्सो , मधुमेह पेट उच्च रक्तचापका विरामी बढी देखिएको उपचारमा संलग्न चिकित्सहरुले जानकारी दिए ।
शिविरमा भरतपुर अस्पतालका वरिष्ठ छाला तथा यौनरोग बिशेषज्ञ डाक्टर शशी हिराचन, वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर श्रबणकुमार थापा, वरिष्ठ फिजिसियन डाक्टर प्रमोद पौडेल र फिजियोथेरापिष्ट लाल गोविन्द श्रेष्ठ लगायतले सेवा दिएका थिए । बिरामीका लागि आवश्यक औषधि देउराली जनता फर्मास्युटिकल्स , काठमाडौले सहयोग गरेको थियो ।
सो क्रममा बोल्दै गाउंँपालिकाका स्वास्थ्य संयोजक तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार श्रेष्ठले यस्ता खाले बिशषेज्ञबाट प्रदान गरिने सेवाले गाउंँ र शहरलाई जोड्न पुलको काम गरेको बताए ।

गाउंँपालिकाका अन्य वडामा क्रमिक रुपमा शिविरको आयोजना गरिने फाउण्डेसनका अध्यक्ष श्रेष्ठको भनाई छ । अर्खला स्वास्थ्य चौकीका प्रमुख टोक बहादुर सुस्लिङले स्वागत मन्तव्य राखेको कार्यक्रमको गाउंँपालिकाका अध्यक्ष शशी किरण बस्ताकोटीको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>