राजनीति

विद्यालयमा राजनीति नगरौं,पढाउने मात्र होइन सिकाउने काम गरौंः मुख्यमन्त्री

Banner

चितवन,मंसिर २५-

प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विद्यालयभित्र राजनीति नगर्न आग्रह गरेका छन् । नारायणगढको बालकुमारी माध्यामिक विद्यालयको स्वर्ण महोत्सवमा आयोजित सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले विद्यालयभित्र राजनीति नगर्न शिक्षक,कर्मचारीलाई आग्रह गरे ।

‘ज्ञानको मन्दिर हाताभित्र पसेपछि कुनैपनि शिक्षकलाई राजनीति गर्न छुट छैन,उनले भने’,राजनीति गर्न शिक्षक संगठन निर्माण गरिएको होइन् ।’ उनले गुणस्तरिय शिक्षका लागि शिक्षक संगठनहरु स्थापना गरिएको बताए । संसारका कुनेपनि देशका विद्यालयमा अनावश्यक राजनीति हुँदैन भन्दै उनले शिक्षकले अफ्नो भूमिका अनुसारको जिम्मेवारी निर्वाहा गर्नुपर्ने तर्क गरे ।

मुख्यमन्त्री पौडेलले सिङ्गो परम्परागत शिक्षालाई बदल्नुपर्ने भएकाले शिक्षक पनि आफुलाई त्यहीअनुरुप विकास गर्नुपर्ने बताए । उनले भने, ‘हामीले पढायौँ, पढ्यौँ, प्रमाणपत्र लियौँ तर सिकेनौँ । अब पढाइ सँगसँगै सिकाइ पनि हुनुपर्छ, त्यस्तो शिक्षाको सुरुवात प्रदेश सरकारले गरेको छ ।’ अहिलेको पढाइले देश र समाजमा आमुल परिवर्तन ल्याउन नसकिने उनको तर्क छ । वर्तमान शिक्षा प्रणालि वेरोजगार उत्पादन गर्ने मात्र भएको भन्दै मुख्यमन्त्री पौडेलले सिंगो प्रणालि परिवर्तनको तयारीमा रहेको बताए ।

सरकारले प्राविधिक शिक्षामा जोड दिँदै प्रदेशका १३ वटा जिल्लाका प्रत्येक स्थानीय तहमा प्राविधिक धारको पढाइ सुरु गरेको उनले जानकारी दिए । उनले भने,‘अहिले १० प्रतिशत विद्यालयमा प्राविधिक धारको पढाइ हुन्छ, यसलाई ८० प्रतिशतबाट बढाएर ९० प्रतिशत बनाउनुपर्छ, यसो गर्न सके कोही बेरोजगार भएर विदेश जानु पर्देन् ।’ मुख्यमन्त्री पौडेलले दुई बर्षमा प्रदेश सरकारले धेरै काम गरेको दावी गर्दै एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बनेको उल्लेख गरे ।

अर्को प्रशंगमा मुख्यमन्त्री पौडेलले आफूले एक रुपैंया पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने जिकिर गरे । उनले प्रदेश सरकारबाट विनियोजन भएका बजेटहरुलाई आम नागरिकले निगरानी गर्नुपर्ने बताए । सरकारले दिएको पैसा ठीकसंग सदुपयोग भएको छ कि छैन त्यसको निगरानी नगरिकले गर्नुपर्छ,सबै ठाँउमा सरकारबाट मात्रै हेर्न सम्भव छैन् । उनले नागरिक सचेत भएमात्र मुुलुकमा परिवर्तन हुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>