चितवन विशेष

भरतपुरको गुञ्जनगरमा भ्रष्टाचारविरुद्ध अन्तरक्रिया

Banner

चितवन, मंसिर २५-

भ्रष्टचार विरुद्ध अभियान सहयोगी समूह भरतपुर–१८ को आयोजनामा बुधबार भरतपुरको गुञ्जनगरमा भ्रष्टचार विरुद्धको विशेष अन्तक्र्रिया भएको छ ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका वडा अध्यक्ष दिपक लामाले भ्रष्टचार हुन नहुने भन्दै आफूले अहिलेसम्म वडाको तलब भत्तासमेत बैँकबाट नझिकेको बताए । उनले सो रकम कुनै सामाजिक कार्यमा खर्च गर्ने समेत जानकारी दिए । कार्यक्रममा उपस्थित भष्ट्रचार विरुद्ध अभियान जिल्ला उपाध्यक्ष डा इश्वरीराज लौडारीले भ्रष्टचार न्यूनीकरणका लागि जनचेतना आवश्यक रहेको बताए ।

कार्यक्रममा नै उपस्थित भरतपुर–१८ का वडा सदस्यहरु जितबहादुर तमाङ, सरिता नेपालीलगायतले भ्रष्टचार हुन नहुने र हुन नदिने प्रतिबद्धता व्यक्त गरे । सो कार्यक्रममा भ्रष्टचार विरुद्ध निगरानी समूहका जिल्ला सदस्य बेलबहादुर गुरुङ, भरतपुर १८ वडा सचिव रामकृण्ण ढकाल, भ्रष्टचार विरुद्ध अभियान सहयोगी समूह भरतपुर–१८का सचिव रमा लामिछानेलगायतले बोलेका थिए । भ्रष्टचार विरुद्ध अभियान सहयोगी समूह भरतपुर १८ का संयोजक कमलनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहंसयोजक रामकृण्ण पण्डितले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका संयोजक पौडेलले म भ्रष्टचार गर्दिन, म भ्रष्टचार गर्न दिन्न भन्ने नारा आम नेपाली नागरिकले पालना गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>