इच्छकामना
चितवनको इच्छाकामनामा मोसो दलिएका वडाध्यक्षलाई स्थानीयको फूलमाला

चितवन,मंसिर २५-
मंसिर २१ गते इच्छाकामना गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पञ्चबहादुर चेपाङमाथि मासो दल्ने र जुत्ताको माला लगाउने काम भएकोमा सोमबार उनै वडाअध्यक्षलाई गाउँलेले फूलमाला लगाएर भव्य सम्मान गरेका छन् । आफूलाई दुव्र्यबहार भएको स्थानमा विरोध सभा आयोजना भएकोमा स्थानीयले कार्यक्रम नै आयोजना गरी उनलाई फूलमालाले सम्मान गरेका हुन् ।
२२ गते उपचारका लागि भरतपुर आएका वडाअध्यक्ष चेपाङ सोमबार आरोपीतहरु विरुद्ध मुद्दा दर्ता गरेर गाउँ फर्किएका थिए । सयौंको संख्यामा उपस्थित भएका गाउँलेले उनलाई सम्मान गरेका थिए । गाउँलेलाई सम्बोधन गर्दे उनले आफूले कुनै पनि गल्ती नगरेकाले कसैसँग पनि नडराउने बताए ।
यसैविच जिल्ला समन्वय समिति चितवनले इच्छाकामना गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पञ्चबहादुर चेपाङमाथि भएको घटनाको घोर भत्र्सना गरेको छ । जिसस चितवन प्रमुख कृष्णकुमार डल्लाकोटीले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै दोषी जो कोही भए पनि कानुनी दायरमा ल्याई कडा भन्दा कडा कारवाही गरी पीडितलाई न्यायको अनुभुति गराउन जिम्मेवार निकायसँग माग गरेका छन् ।