चितवन विशेष
चितवनलाई प्रदेशको दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गरिन्छ : मुख्यमन्त्री पौडेल
०

चितवन, मङ्सिर २४-
प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई थप विकास र विस्तार गर्नुपर्ने खाँचो औल्याएका छन। प्रदेशको दश पर्यटकीय गन्तव्य मध्ये मेघौलीलाई पहिलो र मेघौली गैँडा उद्यान (राइनो पार्क) को आज यहाँ शिलान्यास गर्दै उनले पर्यटन प्रवद्र्धन गर्न सबै जुट्नुपर्छ भने ।
मेघौलीलाई रोमञ्चकारी जङ्गल यात्राका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा थप पहिचान एवं प्रवद्र्धन गर्न प्रदेश सरकारले उच्च प्राथमिकता दिएको मुख्यमन्त्री पौडेलले जानकारी दिए ।
उनले भने ,“चितवनलाई प्रदेशको दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने छ । सबै जिल्लाका सबै पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा काम गर्ने छौ ।”
मुख्यमन्त्री पौडेलले पर्यटन प्रवद्र्धनमा स्थानीय सरकार र जनताको लगानी आवश्यक रहेकोमा जोड दिए । ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>