नवलपुर

परोपकार सहकारीले शेयर सदस्यहरुलाई स्वास्थ्य सेवामा विशेष छुट दिने

Banner

नवलपुर, मंसिर २३–

पूर्वी नवलपरासीको देवचुली–१३, दलदलेमा रहेको परोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य र परिवारको स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ ।

सहकारीले शेयर सदस्य र सदस्यका परिवारहरुको स्वाथ्य सेवालाई ध्यानमा राखेर चितवनको भरतपुर–१० चौविसकोठीमा रहेको निर्णायक डाईग्नोष्टिक एण्ड रिफरल सेन्टर प्रा.लि.संग विभिन्न सम्झौता गरेको छ । सो सम्झौता अनुसार स्वास्थ्य सेवामा अति नै आवश्यक पर्ने ल्याब सेवाका लागि विशेष छुट दिइने शेयर सदस्यहरुलाई स्वास्थ्य सम्बन्धी जनचेतना प्रदान गर्ने गरिने छ ।

यस्तै विशेषज्ञ डा. सहितको निःशुल्क स्वास्थ्य शिबिरहरु समेत संचालन गरिने सम्झौता पत्रमा उल्लेख रहेको सहकारीका स्वाथ्य उपसमितिका सदस्य शेरबहादुर पौडेलले जानकारी दिए । हाल यस सहकारीमा सात हजारको हाराहारीमा शेयर सदस्य रहेका छन् । सम्झौता पत्रमा परोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तर्फबाट अध्यक्ष खेमराज सापकोटा, स्वास्थ्य उपसमिति संयोजक नारायण प्रसाद पौडेल र निर्णायक डाईग्नोष्टिक एण्ड रिफरल सेन्टर प्रा.लि.का अध्यक्ष डा. निराजन भुसाल, ल्याब इन्चार्ज विष्णुराम सेढाईले हस्ताक्षर गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>