राजनीति
नेविसंघले जारी गर्यो लिम्पियाधुरा समेटेर नेपालको नक्सा
०

काठमाडौं, मंसिर २३
नेपाल विद्यार्थी संघले भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी नक्सा जारी गरेको छ।‘चिनौं सीमाना जोगाऔं माटो’ अभियान सञ्चालन गरेको नेविसंघले सोमबार काठमाडौंको बसन्तपुरमा कार्यक्रम गरी नक्सा प्रदर्शन गरेको हो।
पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीको संयोजकत्वमा नेविसंघले एकैसाथ विद्यार्थीलाई अतिक्रमित भूमि समेटेर वास्तविक नक्सा कोर्न लगाएको थियो।
कार्यक्रममा उपत्यकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी सहभागी थिए। अब देशैभरि वास्तविक नक्सा कोर्ने अभियान सञ्चालन गरिने नेविसंघ नेता मनिष सिंखडाले बताए।
विद्यार्थीले कोरेको लिम्पियाधुरा समेटेको नक्सा राष्ट्रपतिलाई बुझाउने नेविसंघको तयारी छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>