क्रिकेट
साग पुरुष क्रिकेटमा नेपाललाई कांस्य
०

काठमाडौँ मंसिर २३ —
१३ औैं दक्षिण एसियलाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फ नेपालले कांस्य जितेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा कांस्यको लागि भएको स्पर्धामा नेपालले माल्दिभ्सलाई ५ विकेटले हराउँदै पदक जितेको हो।
टस हारेर ब्याटिङमा आएको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो ।माल्दिभ्सका लीम साफिगले र्वाधिक १९ रन बटुले । यस्तै मोहमिद रिसवानले १ ७ रन बनाए ।नेपालका ललितनारायण राजवंशीले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए ।
९५ रनको लक्ष्य लिएर मैदान गरेको नेपालले १६।१ ओभरमा ५ विकेट गुमाउँदै ९८ रन बनायो ।नेपालका लागि आरिफ शेखले सर्वाधिक ३२ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए ।माल्दिभ्सका उमर आदिमले ३ विकेट लिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>