देश/प्रदेश
बाँकेको कोहलपुर तनावग्रस्त, प्रदर्शनकारी माथि प्रहरीको हवाइ फायर
०

बाँके, मंसिर २२
बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिका गम्भीर घाइते भएपछि विद्यार्थीको प्रदर्शन चर्किएको छ ।
कोहलपुरस्थि त्रिभुवन माध्यामिक विद्यालयको कक्षा ७ अध्ययनरत बालिकालाई ठक्कर दिने ट्रकसमेत विद्यार्थीहरुले जलाएका छन्। प्रदर्शनकै क्रममा प्रहरी र विद्यार्थीबीच झडप पनि भएको छ।
प्रहरीले हवाइ फायर गरिरहेको छ भने विद्यार्थीहरुले ढुंगामुडा गरिरहेका छन्। अहिले ठुलो संख्यामा विद्यार्थीहरु सडकमा आएका छन्। कोहलपुरका डीएसपी शिबबहादुर सिंहले प्रहरीहरु पनि घाइते भएको र भीडलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>