लुम्बिनी

कोहलपुर नजिक एम्बुलेन्स दुर्घटना,३ दिनका शिशुसहित २ को मृत्यु

Banner

नेपालगञ्ज,मंसिर २२-

बाँकेमा एम्बुलेन्स र ट्रक ठोक्किदा ३ दिने शिशुसहित दुई जनाको मृत्यु भएको छ । बाँके ट्राफिकका अनुसार नेपालगञ्जबाट दाङ जाँदै गरेको रा १ ज १६१ नम्बरको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको ना ८ ख ५४३२ नम्बरको ट्रक शनिबार पुर्व पश्चिम राजमार्गको जिरो प्वाईन्ट नजिक ठोक्किदा नाबालकसहित दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाङ दंगीशरण गाउँपालिका वडा नं. ५ खलुवाचिस निवासी तिलकराम खड्काका ३ दिनका छोरा र एम्बुलेन्स चालक सल्यान छत्रेश्वरी गाउँपालिका– १ निबासी चित्रबहादुर सुनार रहेका छन् । दुर्घटनामा परेर मृतक शिशुका वुवा तिलकराम र आमा मालति खड्का घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुवै जनाको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो ।

दुर्घटना हुँदा अन्य दुई जना घाईते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>