क्रिकेट

साग पुरुष क्रिकेटः माल्दिभ्सविरुद्ध नेपाल ८४ रनले विजयी

Banner

काठमाडौं, मंसिर २०–

१३ औं साग अन्तरगत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ ।

नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्स निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ७९ रन मात्रै जोड्न सक्यो । उसका लागि मोहम्मद अजामले सर्वाधिक १७ रन बनाए ।
नेपालका लागि ललित नारायण राजवंशी र सुशन भारीले समान २/२ र पवन सराफले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेपालले करन केसीको विष्फोटक व्याटिङको मद्धतमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । करनले १६ बलमा नटआउट ४० रन बनाए । यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३९, कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान १९ रन बनाए भने आरिफ शेखले १०, पारस खड्काले ११, रोहित पौडेलले १० रन बनाए भने पवन सर्राफ शून्यमै आउट भए ।

आजको जितसंगै नेपालको फाइनल प्रवेश गर्ने संभावना जिवितै छ । नेपाल ३ खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने श्रीलंका पहिलो र बंगलादेश दोस्रो स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>