देश/प्रदेश

मेडिकल कलेज शुल्क विवादः छानविन गर्न कार्यदल गठन

Banner

काठमाडौं, मंसिर १९–

मेडिकल कलेजहरुले लिने गरेको शुल्कको विषयमा लामो समयदेखिको विवाद अन्त्यका लागि कार्यदल गठन गरिएको छ । सरकार र मेडिकल कलेज संचालकहरुबीच भएको सम्झौता अनुसार कार्यदल गठन गरिएको हो ।

चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजले लिएको शुल्कको अध्ययन र छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।
मेडिकल कलेजले शैक्षिक सत्र २०७२/७३ र ०७३/७४ मा लिएको शुल्कको विषयमा अध्ययन, छलफल र छानबिन गरी निर्णय लिन आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो ।

गत मंसिर १० गते सरकार र मेडिकल कलेजबीचको बैठकपछि दुई शैक्षिक सत्रको शुल्कको विषयमा अध्ययन गरी निर्णय लिन आयोगले कार्यदल गठन गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार कार्यदल गठन गरिएको आयोगका उपसचिव तुलसीप्रसाद आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । कार्यदलमा को को रहने भन्ने आयोगले खुलाएको छैन ।

आयोगले मेडिकल कलेजको शिक्षण शुल्क भन्नाले भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम र परीक्षा शुल्कसमेत पर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । त्यस्तै तोकिएको भन्दा बढी शुल्क नलिन कलेजलाई र नतिर्न अभिभावक र विद्यार्थीलाई आयोगले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>