चितवन विशेष

अन्तरविद्यालय नृत्य प्रतियोगिताः ओम शान्ति एकेडेमी पहिलो

Banner

चितवन, मंसिर १९–

लिटिल फ्लवार स्कुल भरतपुरले वार्षिकोत्सव कार्यक्रम अन्तर्गत अन्तरविद्यालय नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा चितवन, नवलपरासी, रुपन्देही, गोर्खा तनहुँका गरी ४० विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा ओम शान्ति एकेडेमी भरतपुर विद्यालय प्रथम, एसओएस बालग्राम द्धितीय र बालकुमारी ईङ्लिस स्कुल नारायणगढ तृतीय भएको छ । उनीहरुलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । निर्णायकको रुपमा कलाकारहरु सुदिप राना, गोरे गुरुङ्, प्रोनिश उदाष लगायत रहेका थिए ।

पादर लोना केलेलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायिका तारा थापा, धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल, विद्यालयका फादर रोवि क्यू लगाएतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा विद्यालयका तर्फबाट फाउण्डेशनलाई गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि रु २ लाख सहयोग गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>