खैरहनी

पूर्वीचितवनमा सातौं खिचरा महोत्सव पुस २७ देखि, तयारी तीब्र

Banner

चितवन, मंसिर १९–

‘सातौं खिचरा महोत्सव–२०७६’ आउँदो पुस अन्तिम सातादेखि सुरु हुने भएको छ ।

थारु समुदायको महान् चाड ‘खिचरा’ (माघे संक्रान्ति) को अवसरमा प्रत्येक वर्ष खिचरा महोत्सव हुँदै आइरहेको छ । यसवर्षको सातौं संस्करण पुस २७ देखि माघ ८ गतेसम्म गर्न लागिएको आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ का अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक चुडामणि चौधरीले जानकारी दिए ।

संयोजक चौधरीले महोत्सवलाई सफल बनाउन विभिन्न समितिहरु गठन गरि सकेको जानकारी दिए । अहिले महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सवलाई फरक खालको बनाउने प्रयास भइरहेको आयोजकले जनाएको छ ।

महोत्सव खैरहनी नगरपालिका–५ गौचरनमा हुनेछ । महोत्सवमा विभिन्न व्यापारिक स्टल, खानाका परिकारहरुको स्टल, बाल उद्यान, थारु जातिको साँस्कृतिक घर राख्ने गरिएको छ । यस्तै महोत्सवमा साँस्कृतिक कार्यक्रमलाई पनि विशेष प्राथमिकता दिने गरिएको छ । यसपटकको महोत्सवमा पनि चर्चित कलाकारहरुको साथै थारु सँस्कृति झल्कने नृत्य र अन्य जातजातिको समेत साँस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>