खेलकुद
साग पुरुष फुटबलः अन्तिममा सम्हालिन नसक्दा श्रीलंकासंग नेपाल बराबरी
०

काठमाडौं, मंसिर १८–
साग पुरुष फुटबल अन्तरगत अन्तिम समयमा सम्हालिन नसक्दा श्रीलंकासंग घरेलु टोली नेपाल बराबरीमा रोकिएको छ । दशरथ रगंशालामा आज (बुधबार) साझ भएको खेलमा नेपालले अग्रता जोगाउन नसक्दा श्रीलंकासंग १–१ को बराबरी खेलेको हो ।
नेपालका लागि कप्तान सुजल श्रेष्ठले पहिलो हाफको ३७ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै दिलाएका थिए । खेलको थप समय ९१ औं मिनेटमा श्रीलंकाले फ्रिकिक मार्फत गोल गर्दै खेललाई बराबरीमा पु¥याएको थियो । बराबरीसंगै नेपालले अंक बाँडेको छ । यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>