कर्पोरेट
कपिलवस्तुको कृष्णनगरमा एनआईसी बैँकको नयाँ काउन्टर
०

चितवन, मंसिर १७-
एनआईसी एशिया बैँकले कपिलवस्तुको कृष्णनगरमा विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ ।
कृष्णनगर नगरपालिका–२ स्थित कृष्णनगर विस्तारित काउन्टर बुधबारबाट सञ्चालनमा ल्याइएको हो । बैँकले सञ्चालनमा ल्याएको उक्त विस्तारित काउन्टरको उद्घाटन कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले गरेका हुन् । उक्त विस्तारित काउण्टर सञ्चालनमा आएसँगै कृष्णनगर क्षेत्रका ग्राहकलाई बैकिङ सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैँकले लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>