देश/प्रदेश
‘नारायाणगोपाल सङ्गीत पुरस्कार’ दाहाल र निरौलालाई
०

काठमाडौँ, मङ्सिर १८ –
राष्ट्रिय युवा सेवा कोषले यस वर्षको ‘नारायाणगोपाल युवा सङ्गीत पुरस्कार’ युवा गायक आशिष दाहाल र मीना निरौलालाई प्रदान गर्ने भएको छ ।
वरिष्ठ सङ्गीतकार दीपक जङ्गम संयोजकत्वको पुरस्कार छनोट समितिको सिफारिसका आधारमा सो निर्णय भएको कोषका सदस्यसचिव शङ्करप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो पुरस्कारको राशि रु ५० हजार रहेको छ ।
यसैगरी रु ५० हजार राशिकै ‘अरनिको युवा कला पुरस्कार’ यस वर्षका लागि युवा कलाकारद्वय विजय महर्जन र सविता डङ्गोललाई प्रदान गरिने भएको छ । यो पुरस्कार चयनका लागि वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको कोषले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>