चितवन विशेष

चितवनमा इन्टरनेट कम्पनीले ठगी गरेको भन्दै प्रहरीको विशेष अपरेसन

Banner

चितवन, मंसिर १८-

चितवनमा रहेका इन्टरनेट सेवा प्रदायकहरुले ठगी गरेको नागरिकले गुनासो गरेपछि प्रहरीले छानबिन गरेको छ ।

प्रहरी कार्यालयभित्रकै इन्टरनेटमा पनि समस्या आएपछि चितवन प्रहरीले यो विषयलाई प्राथमिकता दिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्लले भने, ‘अन्य जिल्लामा इन्टरनेट सेवा वितरणमा बढी क्षमता भनेर बढी शुल्क असुल्ने तर क्षमता कम दिने गरी ठगी भएपछि प्रहरीले छानबिन गरेको हो । चितवनमा यसप्रकारको रोग सल्किसकेको पाइएन ।’ प्रहरीले सीआईबीको सहयोगमा काठमाडौँबाटै विशेष मेसिन ल्याएर इन्टरनेटले दिएको सेवाबारे चेकजाँच गरेको थियो । मेसिनको चेकजाँचमा चितवनमा ठगी भएको नपाइएको प्रहरी प्रमुख मल्लले नारायणी अनलाइनलाई बताए । यसबाट सम्भावित ठगीबाट बच्न सबैलाई सचेत गराएको पनि उनले जानकारी दिए । नागरिकहरुले यसबारेमा प्रहरीसँग गुनासो गरेपछि जिल्ला प्रहरी कार्यालयबाट एक महिनाअघि देखि यसबारेमा अध्ययन गरेर प्रतिवेदन काठमाडौँ पठाइसकेको उनले बताए । चितवनमा इन्टरनेट सेवा प्रदायक संस्थाहरु ६ वटा रहेका छन् ।

ग्राहकलाई कम्तीमा २० एमबीपीएस सेवा उपलब्ध गराउने भन्दै मासिक एक हजार पाँचसय भन्दा बढी असुल्दै आएका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले एक तिहाई एमबीपीएस मात्र उपलब्ध गराएर दुईतिहाइ एमबीपीएससम्म ठगी गर्ने गरेको नागरिकको गुनासो छ । देशका धेरै ठाउँमा इन्टरनेट कम्पनीबारे गुनासो बढ्न थालेपछि चितवनमा पनि छानबिनको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्नधान ब्युरो (सीआईबी) ले विशेष चासो राखेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>