खेलकुद

चितवनमा भएको महिला फुटबलमा एभरेष्ट र पञ्चकन्याको जित

Banner

चितवन , मंसिर १७-

नारायणगढको क्याम्पाचौरमा आजदेखि स्व. जगदीश खड्का स्मृति महिला फूटबल प्रतियोगिता–२०७६ सुरु भएको छ ।

चितवन जिल्ला फुटबल संघको आयोजना र पञ्चकन्या महिला टिम रत्ननगरको सहआयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन हानमी एभरेष्ट क्लब बसेनी र पञ्चकन्या महिला टिम ‘ए’ ले विजयी सुरुआत गरेका छन् ।

मंगलबारको पहिलो खेलमा एभरेष्टले पञ्चकन्या महिला टिम ‘बी’ लाई ४–० गोलअन्तरले पराजित ग¥यो । दुई गोल गरेका एभरेष्टकी सञ्जु कुमाल ‘प्लेयर अफ दी म्याच’ बनिन् । दोस्रो खेलमा पञ्चकन्या टिम ‘ए’ ले भेडाबारी फुटबल क्लबलाई सडन डेथमा पराजित गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भएपछि गरिएको टाई–ब्रेकरमा पनि ३–३ को बराबरी भएपछिको सडन डेथमा पञ्चकन्याले बाजी मारेको हो ।

यो खेमलमा उत्कृष्ट प्रदर्शन गरेका पञ्चकन्याकी १२ वर्षीया रीना नेपाली ‘प्लेयर अफ दी म्याच’ बनिन् । ‘प्लेयर अफ दी म्याच’ बन्नेले २–२ हजार नगद पाएका छन् । मंगलबार जितेका दुवै टिम सेमिफाइनल प्रवेश गरेको प्रतियोगिता संयोजक प्रविन जोशीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिका प्रमुख वाईबी पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्वराष्ट्रिय खेलाडी छन्नुराम चौधरी, पूर्व फिफा रेफ्री वीरेन्द्र पाण्डे र प्रायोजक भूपू सैनिक ट्रान्सपोर्टका अरुण वन्त विशिष्ट अतिथि रहेका थिए । उद्घाटन कार्यक्रम चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीको अध्यक्षतामा भएको थियो ।

प्रतियोगितामा प्रदेश नम्बर २, ३ र ४ का ४ जिल्लाबाट ८ वटा टिम सहभागी छन् । प्रतियोगितामा चितवनबाट मात्रै तीन टिमले सहभागिता जनाएका छन् । फाइनल २० गते हुनेछ । विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार र ट्रफी पाउने चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट फरवार्ड, डिफेण्डर र गोलकिपरलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ । प्रतियोगितामा भोलि बुधबार वागमती फुटबल क्लब सर्लाही विरुद्ध अभिषेक चर्च रजहरले र मकवानपुर महिला टिमविरुद्ध बरचुली मावि नवलपुरले प्रतिस्पर्धा गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>