खेलकुद

तेक्वान्दोमा पार्वतीले पनि दिलाइन् नेपाललाई स्वर्ण

Banner

काठमाडौँ मंसिर १६-

१३ औं साग खेल अन्तर्गत तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २३(२९ वर्ष उमेर समुहमा नेपालकी पार्वती गुरुङले स्वर्ण जितेकी छिन् । यसमा श्रीलंकाले रजत जितेको छ ।

पार्वतीले यस खेलमा ८.२५० अंक प्राप्त गर्दै स्वर्ण जितेकी हुन् भने रजतमा चित्त बुझाउन बाध्य भएकी श्रीलंकाकी थिलकसिका जयाविराले ८.१४० अंक प्राप्त गरेकी थिइन् ।

यस्तै कास्य पदक भने भारतको पोल्टोमा रह्यो । भारतकी हर्षा सिंहाले ८।०३० अंक मात्रै प्राप्त गर्न सफल भइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>