चितवन विशेष

देवघाटमा ५५ जना वृद्धवृद्धालाई न्यानो कपडा

Banner

देवघाट, मंसिर १५–

देवघाट गाउँपालिका वडा नम्बर २ र ३ को दुर्गम ठाउँ र आर्थिक अवस्था कमजोर भएका ५५ जना वृद्धवृद्धाहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दुर्गबहादुर थापाले वद्धवद्धाहरुलाई न्यानो कपडा वितरण गरेका थिए । सो क्रममा बोल्दै अध्यक्ष थापाले देवघाट गाउँपालिका भौगोलिक हिसाबले पनि तनहुँ जिल्लाकै विकट र दुर्गम ठाउँ भएकोले यस क्षेत्रको बिकासका लागि गाउँपालिका लागि परेको बताए । उनले विकासका कामहरु अगाडि बढाउन गाउँपालिकाको बजेट मात्र नभई प्रदेश सरकार र केन्द्र सरकार संग पहल गरिने बताए ।

सुनसरी घर भइ हाल बेलायतमा बस्दै आएका पदम कुमार राईले आफ्नो ३८औं जन्मोत्सवको अवसरमा ६० हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरेका हुन् ।

कार्यक्रममा नेकपाका सचिवालय सदस्य भिमबहादुर राना, देवघाट गाउँपालिका नेकपा अध्यक्ष भुवनसिङ्ग गुरुङ, तनहुँ जिल्ला कमिटी सदस्य बाबुराम अधिकार, देवघाट–३ का वडा सदस्य मनमाया विक, ल्हुग्रीङ्ग टोल विकासका अध्यक्ष यमबहादुर थापा, समाजसेवी भक्तबहादुर थापा, लियो देवघाटका विकास ढकाल र समाजसेवी जित थापा मगरको उपस्थित रहेको थियो । कार्यक्रम देवघाट गाउँपालिकाका कार्यपालिका सदस्य यममाया गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>