देश/प्रदेश

जनयुद्धको दोषी ठहरिए कारबाही भोग्छु : अध्यक्ष प्रचण्ड

Banner

काठमाडौँ, मंसिर १५

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन माओवादी जनयुद्धका क्रममा केही गल्ती भएको भए जिम्मेवारी लिन तयार भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले त्यसबेला भएका जघन्य अपराधका दोषीलाई केही न केही कारबाही हुनुपर्छ नै भनेर आफुले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग बनाएर र द्वन्द्वकालीन मुद्दा टुंगो लगाउन आफू प्रयासरत रहेको बताए । आइतबार सहिद बुद्धिमान पाख्रिनको १७ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । पाख्रिन तत्कालिन एमालेका नेता थिए ।

त्यसैगरी कार्यक्रममा प्रचण्डले युद्ध आफैमा त्यस्तो कर्म हो, सबै हिसाबकिताब अनुसार हुदो रहेनछ । त्यहाँ राम्रा र नराम्रा परिघटना पनि जोडिएर आउने रहेछन् । यद्यपि हामी कम्युनिस्ट पार्टी हुनुको नाताले र एउटा सिद्धान्त र दर्शनबाट निर्देशित हुनुको नाताले सकेसम्म आफ्नोतर्फबाट गल्ती कमजोरी नहोस् भन्ने कुरामा ध्यान दिने, त्यसअनुसारको स्कुल चलाउने र प्रशिक्षण चलाउने त हामी गर्छौ र ग¥यौँ पनि । यो गर्दागर्दै पनि युद्धको प्रक्रियामा केही नहुनुपर्ने घटनाहरु हुन्छन् ।

उनले भने, ‘जनयुद्धको नेतृत्व गर्ने पार्टी र त्यसको पनि नेतृत्व गर्ने भएकाले त्यो जनयुद्धका समयमा भएका सबै राम्रा र नराम्रा घट्नाको म जिम्मेवारी लिन्छु भनेर सार्वजनिक रुपमा भन्दै आएको छु ।’ किनकी त्यसक्रममा भएका राम्रा कुरा जसले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने आधार तयार पा¥यो । त्यहाँ भएका त्याग, तपस्या, वीरता र बलिदानका हजारौ कीर्तिमानहरु जो कायम भए त्यसको पनि र त्यसक्रममा भएका केही ज्यादतिपूर्ण घटनाहरु भए त्यसको पनि जिम्मेवारी लिन्छु भनेको छु मैले । यो जिम्मेवारी लिने सन्दर्भमा हामीले शान्ति सम्झौता गरेपछि अन्तरिम संविधान बनेदेखि नै हामीले लगातार त्यसबेलाका घट्नाहरुको छानबिन गर्ने, सत्यतथ्य पत्ता लगाउने, दोषीलाई कारबाही गर्ने, मेलमिलापको वातावरण बनाउने भन्ने बारेमा छलफल गर्दै आएका छौं ।

हुन त अन्तरिम संविधान बनाउने बेला ‘युद्धका बेलामा अब जे भयो भया, तिनलाई बिर्सौँ भन्ने प्रस्ताव आएको थियो । त्यसमा पनि छलफल भएको थियो । तर म शान्ति सम्झौतामा हस्ताक्षर गर्ने एक व्यक्तिको हैसियतले मैले त्यसो गर्नुहुदैन । किनभने भविष्यमा फेरि गलत ढंगले मानिसहरुको हत्या नहोस् बलात्कार नहोस् भनेको हुँ । हत्या बलात्कार र जघन्य अपराधमा संलग्नहरुले उन्मुक्ति पाउने वातावरण नबनोस् भनेर मैले नै भनेको हुँ । अन्तर्राष्ट्रिय अनुभव र न्यायसम्बन्धी मान्यतालाई ख्याल गर्दै हामीले हरेका घटनाको छानबिन गर्नुपर्छ, सत्य के हो त्यो पत्ता लगाउनुपर्ने हुन्छ । मेलमिलापको उद्देश्य राखेर परिपुरणको वातावरण पनि बनाउनुपर्ने र दोषीलाई कारबाही गर्ने प्रकृयातिर पनि जानुपर्ने हुन्छ, ताकि भविष्यमा त्यसखालका जघन्य अपराधहरु नहुन् । ती तात्कालीन राज्यपक्ष वा विद्रोही पक्षबाट भएका भए पनि केही न केही कारबाही भएमात्रै भविष्यमा दोहोरिन नदिने वातावरण बनाउन सकिन्छ भन्ने प्रस्ताव गरेर नै अन्तरिम संविधानमा मेलमिलाप र बेपत्ताहरुको खोजी गर्न आयोग बनाउने र त्यसको रिपोर्टको आधारमा कसलाई कारबाही गर्नुपर्ने हो । कसलाई परिपूर्ण गर्नुपर्ने भन्ने कुराको टुंगो लगाउन त्यो व्यवस्था गरिएको हो ।

मैमाथि पनि धेरै मुद्दा रहेका छन् । झुठा छन्, सही छन् त्यो पछि थाहा हुने कुरा हो । त्यसकारण यदि म दोषी नै ठहरिए कारबाही भोग्न तयार छु भनेर मैले नै आयोगहरु बनाउन जोडबल गरेको हुँ । युद्धमा जताबाट मारिएका भए पनि उनीहरु सबैलाई सम्बोधन गर्न चाहान्छु कि हामी एम्नेष्टीको पक्षमा हामी रहेनौँ । त्यसकारण सत्यनिरुपण मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग बनेका हुन् । बन्ने प्रकृया अहिले पनि चलिरहेको छ । विधेयक संशोधन प्रकृया पनि भइरकेको छ । छिटै टुंगिँदैछ, दोषीले उन्मुक्ति पाउने अवस्था छैन । पञ्चायतमा हामीसँगै लडाई लडेका थियौँ । निरङ्कुश राजतन्त्र र २०६२÷०६३ को आन्दोलनन पनि सँगै हामीले लड्यौँ र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा पनि मिलेरै ग¥यौँ । लडाईंका क्रममा नहुनुपर्ने केहीकेही घट्ना भए तिनको छानबिन र सत्यतथ्य बाहिर ल्याउनुपर्ने आफ्नो ठाउँमा छँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>