राजनीति
फिदिम–१ नेकपा, हिलिहाङ–७ मा काँग्रेस विजयी
०

फिदिम, मङ्सिर १५-
उपनिर्वाचन भएका पाँचथरका दुवै वडाको मत परिणाम सार्वजनिक भएको छ ।
फिदिम नगरपालिका–१ मा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का गजाधर भट्टराई विजयी हुनुभएको छ भने हिलिहाङ गाँउपालिका–७ मा नेपाली काँग्रेसका तिलविक्रम इधिङ्गो विजयी हुनुभएका छन् । फिदिम–१ मा नेकपाका भट्टराईले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुवराज थापालाई ४७४ मतान्तरले पराजित गरे ।
भट्टराईले एक हजार ४४६ मत प्राप्त गर्दा थापाले ९७२ मत प्राप्त गनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाएको छ ।
हिलिहाङ–७ मा काँग्रेसका इधिङ्गोले ३० मतको अन्तरले विजय हासिल गरेका हुन् । उनले ८४२ मत प्राप्त गर्दा नेकपाका गेहनाथ रिजालले ८१२ मत प्राप्त गरे निर्वाचन अधिकृतको कार्यालय हिलिहाङले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>