गण्डकी
बाग्लुङ्गको बडिगाड गाउँपालिका २ मा नेकपाका शेरचन विजयी
०

बागलुङ,मंसिर १४
बडिगाड गाउँपालिकाको २ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार ढालेन्द्र शेरचन ७०४ मतका साथ विजयी भएका छन् । शनिबार सम्पन्न वडाध्यक्षको उपचुनावमा ढालेन्द्र शेरचनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डिलबहादुर रानाले ४१२ मत पाएका छन् । त्यस्तै समाजवादी पार्टीका हरिलाल रानाले ६ मत पाएका छन्भने १२ मत बदर भएको छ ।
बडिगाड २ मा यसअघि पनि नेकपाले नै जितेको ठाउँ हो । गत चुनावमा तत्कालिन एमालेका विष्णुप्रसाद भुषालले विजयी हासिल गरेका थिए । भुषाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि उक्त स्थान रिक्त रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>