चितवन विशेष
उपनिर्वाचन अपडेट: भरतपुर १६ मा ७३ प्रतिशत बढी मतदान
०

चितवन, मंसिर १४ –
भरतपुर महानगरपालिका वडा नम्बर १६ मा आज भएको उपनिर्वाचनको मतदानमा ७३ दशमलब ६९ प्रतिशत मतदान भएको छ ।
जम्मा आठ हजार ४८० मतदाता रहेकोमा छ हजार २५० जनाले मतदान गरेका थिए । तीनवटा मतदान केन्द्र रहेको यस उपनिर्वाचनमा मोहनपुर माविमा एक हजार ३६, दूर्गा शेषकान्त उच्च माविमा दुई हजार ६१७ र ढड्डाघारी केन्द्रमा दुई हजार ५९७ जनाले मतदान गरेका छन् । बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको थियो । शान्तिपूर्णरुपमा मतदान भएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>