कालिका

चितवनको चेपाङ बस्तीमा पहिलोपटक पिच सडक पुग्दै, जीवनस्तर बदलिने आशा

Banner

चितवन, मंसिर १४-

चितवनको शक्तिखोरदेखि फिस्लिङ जोड्ने सडक अहिले धमाधम स्तरोन्नति भइरहेको छ ।

सडक आयोजनाले यसपटक ग्राभेल गर्ने र आगामी वर्ष कालोपत्रे गर्ने योजना बनाएर काम सुरु गरेको हो । आयोजनाका इञ्जिनियर कालीबहादुर शाहीले आगामी वर्ष आयोजना सकिने विश्वास व्यक्त गरे ।

‘सडक निर्माण सकिएसँगै चेपाङ बस्तीमा पहिलोपटक कालोपत्रे (पिच सडक) पुग्ने छ,’ उनले भने । जसका कारण यो सडकले एउटा दूरगामी महत्व बोकेको छ । नेपालको सीमान्तकृत जातीको सूचिमा छैटौं नम्बरमा पर्ने चेपाङ बाहुल्य क्षेत्रबाट सडक निर्माण भइरहेको छ । चार महिनाभन्दा बढी खान नपुग्ने र आधारभूति शिक्षा, स्वास्थ्य सुविधाबाट वञ्चित रहेका बासिन्दाका लागि यो सडक बरदान सावित हुने देखिन्छ।

फिस्लिङबाट तोलाङ–बाँसपुर–मायाटार तेर्से–उपरदाङगढी– शक्तिखोर पुग्ने सडकले चेपाङ बहुल बस्तीहरूलाई राजमार्ग र बजारसँग जोड्ने इञ्जिनियर शाहीले बताए । ऐतिहासिक महत्वको उपरदाङगढीसम्म सडक यातायातले जोडिने भएपछि स्थानीय नागरिक दंग छन् । चेपाङ समुदायले दनभर हिड्नुपर्ने सडक दुई घण्टामा आवतजावत गर्न सकिने हुनेछ ।

 

सडकले चितवनको इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा हुने मौसमी तरकारीलाई बजारसम्म ल्याउन सहयोग पुग्ने छ । तरकारीका लागि पकेट क्षेत्र भए पनि बजारसम्म सहज तरिकाले पु¥याउन भरपर्दाे सडक नहुँदा किसानलाई समस्या परेको छ । फिस्लिङ सुन्तलाका उत्पादनका लागि पकेट क्षेत्र भए पनि गाउँसम्म पुग्ने सडक अहिलेसम्म निर्माण भएको थिएन ।
उक्त सडक निर्माणपछि गाउँमा उत्पादित तरकारी, खसीबोका र सुन्तला बजार पठाउन सहज हुने भएकोले चेपाङ समुदायको जीवनयापन सहज हुने अपेक्षा स्थानीयको छ । जनजातिका बस्ती रहेको इच्छाकामना गाउँपालिकाका बासिन्दाको आम्दानीको मुख्य स्रोत कृषि हो । धेरै घर चेपाङ रहेका बस्ती सडकले जोडिँदा उनीहरूको जीवनस्तर उकास्न ठूलो भर हुने आयोजनाका इन्जिनियरले बताए ।

करिब ४७ किलोमिटरको सडक सिंगल लेनमा निर्माण गर्न लागिएको छ । ६.२५ मिटर चौडा सडकमा ४.५ मिटरको कालोपत्रे हुनेछ। साना सवारीसाधनको आवागमन लक्षितगरि निर्माणको योजना अघि बढेको भए पनि सडकमा ठूला सवारीसाधन पनि सञ्चालन गर्न सकिने आयोजनाको दाबी छ । पहाडी क्षेत्रमा यसप्रकारको पक्की सडक आयोजनाहरु भएपछि सुगम क्षेत्रतर्फ हुने बसाइँसराइ पनि रोकिने स्थानीयको भनाइ छ ।

सडक निर्माणमा करिब ७८ करोडको लागत अनुमान छ । यसमा एसियाली विकास बैकको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानी रहेको हो । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत निर्माण भइरहेको सडकको आयोजना कार्यान्वयन इकाइ ललितपुरमार्फत अनुगमन भइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>