चितवन विशेष

माडी साँस्कृतिक तथा पर्यटन मेला हुने

Banner

चितवन, मंसिर १३–

चितवनको दक्षिणी भेग माडीमा साँस्कृतिक तथा पर्यटन मेला हुने भएको छ ।

यही मंसिर २० देखि २९ गतेसम्म माडी नगरपालिका–१, बरुवा बजारमा मेला आयोजना गर्न लागिएको हो । आयोजकले आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलन गरी मेलाको तयारी तीव्र पारिएको जानकारी दिएको हो ।

थारु कल्याणकारिणी सभा क्षेत्र नं.१ माडीको आयोजना, स्टार स्पोर्टस् क्ल्व बरुवा र स्वदेश एफ.एम.माडीको सह–आयोजनामा मेला हुन लागेको हो । मेलाका संयोजक एवंम् थारु कल्याणकारिणी सभाका अध्यक्ष भीमप्रसाद महतोले स्थानीय कला सँस्कृतिको जर्गेनाका साथै एम्बुलेन्स खरिदका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए । थारु कल्याणकारिणी सभा माडीले संचालन र व्यवस्थापन गर्ने सो एम्बुलेन्सले बाँदरझुला र अन्य सबै क्षेत्रहरुमा सेवा पु¥याउने बताए ।

मेलामा माडीको पर्यटन एवंम् संस्कृति झल्कने विभिन्न सामग्रीहरुको प्रस्तुती, थारु बोटे गाउँ एवंम परिकार प्रदर्शनी तथा माडी स्टार डान्स आइडल प्रतियोगिता संचालन गरिने संयोजक महतोले जानकारी दिए । यस्तै मेलामा स्थानीय उत्पादन र सेवाहरुको प्रवद्र्धन, बाल उद्यान, विभिन्न वित्तिय संस्थाहरु, अटो, रेष्टुेन्ट, पर्यटनलगायतका गरी करिव डेढ सय वटा स्टलहरु रहने संयोजक महतोले जानकारी दिए ।

महोत्सवमा चर्चित कलाकारहरुको जमघट समेत हुने भएको छ । चर्चित र्‍यापर समिर घिसिङ (भिटेन), गायक प्रमोद खरेल, पशुपति शर्मा, कमल खत्री, दुर्गेश थापा, ज्योति मगर, प्रकाश सपुत, रमेशराज भट्टराई, बाल गायिका कमला घिमिरेको प्रस्तुत रहने सहआयोजक संस्था स्वदेश एफएमका अध्यक्ष एवंम् मेलाका सहसंयोजक देवनारायण शाहले जानकारी दिए । उनले स्थानीय कलाकारहरु भूमिका गिरी, विकास पाण्डे, दीपक खड्का, ढाकाराम पौडेल, जिबी सुनार, शक्ति गोदारलगायतको प्रस्तुती समेत रहने बताए ।

त्यस्तै थारु समुदायको बाहुल्य रहेको माडीमा थारु कलाकारहरुलाई पनि विशेष प्राथमिकता दिइएको छ । उनका अनुसार थारु समुदायकी चर्चित गायिका अनु चौधरी, गायक संजय चौधरी, मनोज चौधरी, सोमती थारु, भोजपुरी गायकहरु सुनिल पण्डित र प्रमोद जख्मीको प्रस्तुती रहने छ ।

सहआयोजक संस्था स्टार स्पोर्टस् क्लवका अध्यक्ष एवंम मेलाका सहसंयोजक हरिप्रसाद अधिकारीले बरुवा खेलमैदानमा हुने मेलाको तयारीलाई तीब्र पारिएको बताए । उनले मेलामा दर्शकको उल्लेखीय सहभागिता रहने अपेक्षा गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>